site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध नेटवर्किङ कारोबार गर्ने इटहरीका तीन कम्पनीमा उपमहानगरको ताला

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा अवैध तवरले नेटवर्किङ कारोबार गर्ने तीनवटा कम्पनीमा उपमहानगरले ताला लगाएको छ । 

उपमहागनरका अनुसार ती संस्थाले इटहरीलाई केन्द्रबिन्दु बनाएर विविध कारोबार गर्दै आएका थिए । अनुगमनका क्रममा कैफियत गरेको खुल्न आएपछि ताला लगाइएको मेयर हेमकर्ण पौडेलले बताए । 

“नेटवर्किङ कारोबार अवैध भएको पाइएको छ । यसबाट सर्वसाधरण ठगीमा पर्ने देखिएकाले तालाबन्दी गरी तीन दिनभित्र उपमहानगर कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ,” पौडेलले भने । 

कम्पनीमा आबद्ध व्यक्तिहरूले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरूलाई सामान्य व्यापार व्यवसाय र जागिरहरूको तुलनामा धेरै पैसा कमाउन सकिने आश्वासन दिने गरेको पाइएको पौडेलले सुनाए । 

ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो ।  ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरूले भने अटेर गरोको पाइएको उपमहागनरले जनाएको छ । 

औषधि छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौँको कारोबार गर्दै आएको पाइएको मेयर पौडेलले बताएका छन् । ती कम्पनीहरूले इजाजत एउटाको लिने र काम अर्कैले गर्ने गरेको पाइएको अनुगमन समितिकी संयोजक उपमेयर संगीता चौधरीले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro