
काठमाडौं । भैरहवाको लागि उडेको बुद्ध एयरको जहाजमा ‘इन्डिकेटर’मा समस्या आएपछि काठमाडौंमा अवतरण गरेको छ ।
उडान नम्बर ८५७ को जहाज १० माइल पुगेर फर्केको हो । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटमा जहाजको इन्डिकेटरमा समस्या आएको थियो ।
१ः४० मा उडेको जहाज १ः५३ मा सिङ्गल इन्जिनमा ल्यान्ड गरेको थियो । जहाज १० माइल टाढा पुगेर काठमाडौंमा ल्यान्ड गरेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।
“भैरहवाको लागि उडेको थियो । १ः४० मा उडेको हो । इन्डिकेटरमा समस्या देखिएपछि १ः५३ मा सिङ्गल इन्जिनमा ल्यान्ड गरेको थियो,” उनले भने, “पछि यात्रुलाई अर्काे विमानबाट भैरहवा पठाइएको छ । जहाजमा के कारण समस्या आएको हो, चेकजाँच गर्दै छ ।”
जहाजमा ७० जना यात्रु रहेका थिए । अहिले ती यात्रुलाई अर्काे जहाजमा पठाइएको छ ।