site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुलमानको 'नारा' व्यवहारमा लागु भएन, पाँच वर्षमा भित्रियो पौने ११ खर्बको इन्धन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्ला वर्ष बारम्बार भन्दै आएका छन्– स्वदेशी विद्युतको खपत बढाऔँ, विदेशबाट आउने इन्धनको खपत घटाऔँ ।

तर, व्यवहारमा उनको 'नारा' लागु भएको छैन । भारतबाट आउने इन्धन (डिजेल, पेट्रोल र एलपी ग्यास)को मात्रा बढी नै रहेको छ । 

भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा नेपालले भारतबाट १० खर्ब ७९ अर्ब १६ करोड ६३ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । जुन गत आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले संकलन गरेको कुल राजस्वभन्दा बढी हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष सरकारले १० खर्ब १० अर्ब ३९ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । 

भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कले पछिल्ला वर्षहरूमा नेपाल भित्रिने इन्धनको भार कसरी बढिरहेको छ भन्ने स्पष्ट देखाउँछ । 

Global Ime bank

आर्थिक वर्ष २०७५/७६ मा नेपालले एक खर्ब ९० अर्ब ९८ करोड ५८ लाख ८२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । उक्त वर्ष एक खर्ब १९ अर्ब ८८ करोड ८४ लाख ८३ हजार रुपैयाँको डिजेल, ३५ अर्ब ५४ करोड ८९ लाख ३५ हजार रुपैयाँको पेट्रोल र ३५ करोड ५४ करोड ८४ लाख ६६ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको थियो । 

आर्थिक वर्ष २०७६/७७ मा नेपालले एक खर्ब ४३ अर्ब ६९ करोड ४५ लाख ८३ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । सो वर्ष ८७ अर्ब ३७ करोड ९८ लाख ७० हजार रुपैयाँको डिजेल, २८ अर्ब ३६ करोड ५७ लाख ९९ हजार रुपैयाँको पेट्रोल र २७ अर्ब ९४ करोड ८९ लाख १५ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको थियो । 

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा एक खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । यो वर्ष नेपालले ९१ अर्ब ९४ करोड ८१ लाख ९२ हजार रुपैयाँको डिजेल, ३६ अर्ब १५ करोड २९ लाख ११ हजार रुपैयाँको एलपी ग्यास र ३२ अर्ब ४४ करोड ३३ लाख ५६ हजार रुपैयाँको पेट्रोल आयात गरेको थियो । 

अघिल्ला आर्थिक वर्ष २०७८/७९ मा नेपालले तीन खर्ब ५ अर्ब १७ करोड २५ लाख ३३ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । यो वर्ष हालसम्मकै सबैभन्दा बढी इन्धन नेपाल भित्रिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रुपैयाँको डिजेल, ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँको पेट्रोल र ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको एलपी ग्यास आयात गरेको थियो । 

गत आर्थिक वर्ष २०७९/८० मा नेपालले दुई खर्ब ७८ अर्ब ७६ करोड ८९ लाख २ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । उक्त वर्ष एक खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख ८० हजार रुपैयाँको डिजेल, ६६ अर्ब ८४ करोड ४८ लाख ८ हजार रुपैयाँको पेट्रोल र ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको थियो । 

पछिल्ला पाँच वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष औसतमा भारतबाट नेपालमा दुई खर्ब १५ अर्ब रुपैयाँभन्दा बढीको इन्धन भित्रिने गरेको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय