site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ समानताको हक अधिकार र राष्ट्रिय एकताको पक्षमा उभिँदै आएको बताएका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा बिहीबार आयोजित कार्यक्रममा उनले पहिचान देशको हितका लागि हुनुपर्ने बताए । पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको उनको भनाइ छ ।

ओलीले जातका आधारमा घृणा भयो भने देश जोगाउन नसकिने समेत बताए ।

“यदि कुनै पनि हिसाबले हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ,” ओलीले भने, “त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिँदैन ।”

राष्ट्रिय एकताले मात्रै देश अघि बढ्न सक्ने उनको भनाइ छ ।

“हामीमा विविधता छ । यर्थाथ हो । विविधतामा समाजिक सद्भाव, सामाजिक सद्भावमा आधारित एकता,” ओलीले भने, “राट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ देशको विकास हुन्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro