site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुनमन्त्री गुरुङ अस्वस्थ्य, मनमोहन कार्डियोमा भर्ना
फाइल तस्बिर।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।

उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका सहयोगी प्रेम केसीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनलाई महाराजगञ्गस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने केसीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्