site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
औद्योगिक करिडोरका स्थानीय तहबीच नीतिगत एकरुपतामा जोड

विराटनगर । कोसी प्रदेशको औद्योगिक कोरिडोरमा अवस्थित स्थानीय तहमा उत्पादनमुलक उद्योगको प्रवद्र्धन तथा वातावरण संरक्षण गर्न द्विपक्षीय सहकार्यमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले बुधबार विराटनगरमा आयोजना गरेको कार्यशालामा आपसी सहकार्यबिना औद्योगिक वातावरण सिर्जना हुन नसक्ने बताइयो । उद्योगमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारले अनुकूल नीतिगत वातावरण निर्माण गर्नुपर्ने सहभागीको जोड थियो ।

उत्पादनमुलक उद्योगको विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका लागि निजी क्षेत्र, स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उनीहरूले बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्रोतको सीमितताले गर्दा सबै काम एकैपटक गर्न नसकिने बताउँदै भने, “महानगरपालिकाले उद्योग व्यवसायमा लाग्ने कर वृद्धि गरेको छैन । सरकारको जिम्मेवारी पूरा गर्न राजस्व संकलन आवश्यक छ । कृषि, उद्योग र वाणिज्य क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नीतिगत सुधार गर्नुपर्ने भए हामी तयार छौँ ।”

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले तथ्यांक विभागको तथ्यांक प्रस्तुत गर्दै कोसी प्रदेशमा एक लाख ६८ हजार उद्योग धन्दा सञ्चालनमा रहेकोमा औधोगिक क्षेत्रमा २३ हजार बढी उद्योग व्यवसाय रहेको जानकारी दिए । जसमध्ये १९ हजार ३८० वटा उत्पादनमुलक उद्योग छन् ।

औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहमा दुई हजार ८८९ वटा उद्योग रहेको उनले बताए । उद्योगमार्फत एक लाख १६ हजार बढीले रोजगारी प्राप्त गरेकोमा यस क्षेत्रले मात्र ४० हजार ६७० जनाले रोजगार दिएको राउतको दाबी छ । अध्यक्ष राउतले अन्तर स्थानीय तहबीच सहकार्यका लागि राजस्व नीतिमा एकरुपता, अनुसन्धान र विकासमा सहकार्य आवश्यक भएको चर्चा गरे ।

औद्योगिक कोरिडोरमा रहेका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु कार्यक्रममा सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro