site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेका आठ टिमको यस्तो छ इतिहास

काठमाडौं । फिफा महिला विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भइसकेको छ । मंगलबार सम्पन्न प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा फ्रान्स र मोरोक्कोले प्रतिस्पर्धा गरेका थिए । फ्रान्स विजयी भएको उक्त खेलसँगै अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी प्रतियोगिताको अन्तिम–८ समीकरण पूरा भएको हो ।

विश्वकपको यो नवौँ संस्करणमा केही देशले नयाँ इतिहास रचेका छन् । दाबेदार मानिएका केही टिम घर फर्किइसकेका छन् ।

साविक विजेता अमेरिकाले विश्वकपको इतिहासमै पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाउन सकेन । सन् २०१५ र २०१९ गरी पछिल्लो दुई संस्करणको उपाधि लगातार जितेको अमेरिका विश्वकपकै सर्वाधिक सफल टिम समेत हो । चारपटक विश्वकपको उपाधि जितेको अमेरिकाले यसअघिका आठवटै संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

Dabur Nepal
NIC Asia

सन् १९९५ को विश्वकप विजेता नर्वेले पनि नवौँ संस्करणको अन्तिम–१६ पार गर्न सकेन । यी दुई उपाधि दाबेदारको चुनौती अन्तिम–१६ मै समाप्त भयो । कोलम्बिया, स्पेनजस्ता टिमले पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाए ।

अन्तिम–८ सम्मको यात्रा तय गर्नेमा स्पेन, जापान, इंग्ल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स, स्वीडेन, कोलम्बिया र फ्रान्स छन् । सेमिफाइनल प्रवेशका लागि स्पेनले नेदरल्यान्ड्स, जापानले स्वीडेन, इंग्ल्यान्डले कोलम्बिया र अस्ट्रेलियाले फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनल खेलहरू आउँदो शुक्रबारदेखि सुरु हुनेछन् ।

क्वार्टरफाइनल प्रवेश गरेका आठ टिमको संक्षिप्त विवरण–

columbia1691579128.jpg
कोलम्बिया 
सन् २०११ को संस्करणदेखि महिला विश्वकपमा ‘डेब्यु’ गरेको कोलम्बियाले पहिलोपटक क्वार्र्टरफाइनलमा स्थान बनाएको हो । सन् २०१५ को संस्करणमा प्रि–क्वार्टरफाइनलसम्म पुग्नु नै कोलम्बियाको यसअघिको सफल नतिजा थियो ।

समूह ‘एच’बाट विजेताका रूपमा प्रि–क्वार्टरफाइनल आएको कोलम्बियाले अन्तिम–१६ को खेलमा जमैकालाई १–० ले हरायो । फिफा महिला विश्वकपमा तेस्रोपटक छनोट भएको कोलम्बियाले जारी प्रतियोगिताको समूह चरणमा दुईपटकको च्याम्पियन जर्मनीलाई हराउँदै ‘डार्क हर्स’को छवि बनाएको छ ।

england1691579184.jpgइंग्ल्यान्ड
सन् १९९५ को संस्करणमा डेब्यु गरेको इंग्ल्यान्डले २००७, २०११, २०१५ र २०१९ गरी पाँचपटक विश्वकप खेलिसकेको छ । इंग्ल्यान्डले यसअघिका लगातार दुई संस्करणमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

सन् २०१५ मा तेस्रो र २०१९ मा चौथो भएको इंग्लिस टिमले हालसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । २०१५ मा तेस्रो स्थान हासिल गर्नु नै इंग्ल्यान्डको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नतिजा हो ।

समूह ‘डी’को विजेताका रूपमा प्रि–क्वार्टरफाइनलमा आएको इंग्ल्यान्डले अन्तिम–१६ को खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।

austalia1691579208.jpgअस्ट्रेलिया 
सन् १९९५ मा भएको दोस्रो संस्करणमा डेब्यु गरेको अस्ट्रेलिया त्यसयताका सबै महिला विश्वकपमा छनोट भएको छ । अस्ट्रेलियाले चौथोपटक क्वार्टरफाइनलमा स्थान बनाएको हो । अस्ट्रेलियाले घरेलु वातावरण र समर्थकको साथ समेत पाएको छ ।

सन् २००७, २०११ र २०१५ को संस्करणमा अन्तिम–८ सम्मको यात्रा तय गरेको अस्ट्रेलियाले हालसम्म सेमिफाइनलमा स्थान बनाउन भने सकेको छैन । समूह ‘बी’का विजेताको रूपमा अन्तिम–१६ मा स्थान बनाएको अस्ट्रेलियाले प्रि–क्वार्टरफाइनलमा डेनमार्कलाई २–० ले हराएको थियो ।

france1691579229.jpgफ्रान्स 
सन् २००३ को संस्करणदेखि विश्वकप खेल्न सुरु गरेको फ्रान्स हालसम्म २०११, २०१५ र २०१९ गरी चारपटक छनोट भएको छ । त्यसमध्ये सन् २०११ को संस्करणमा चौथो स्थान हासिल गर्नु फ्रान्सको हालसम्मकै उत्कृष्ट नतिजा हो । लगातार तेस्रोपटक क्वार्टरफाइनलमा स्थान बनाएको फ्रान्स गत संस्करणको आयोजक समेत हो ।

फ्रान्स समूह ‘एफ’को विजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा फ्रान्सले मोरोक्कोलाई ४–० ले पराजित गरेको थियो ।

spain1691579255.jpgस्पेन 
सन् २०१५ को संस्करणमा डेब्यु गरेको स्पेनको यो तेस्रो सहभागिता हो । विश्व महिला फुटबलमा पछिल्लो समय स्पेन घरेलु लिगका कारण चर्चित छ । स्पेन पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । गत संस्करणमा प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै स्पेनको यसअघिको उत्कृष्ट नतिजा थियो ।

स्पेन समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ ले हरायो । जारी संस्करणमा समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेर क्वार्टरफाइनलसम्मको यात्रा तय गर्ने स्पेन एकमात्र टोली हो ।

nederlands1691579273.jpgनेदरल्यान्ड्स
नेदरल्यान्ड्सले तेस्रोपटक फिफा महिला विश्वकप खेलिरहेको छ । नेदरल्यान्ड्सले यसअघि २०१५ र २०१९ को विश्वकप खेलेको थियो । गत संस्करणमा फाइनलसम्मको यात्रा तय गर्दै नेदरल्यान्ड्सले सनसनी मच्चाएको थियो । सो संस्करणको फाइनलमा अमेरिकासँग २–० ले पराजित हुँदै नेदरल्यान्ड्सले उपविजेतामा चित्त बुझाएको थियो ।

जारी संस्करणमा पनि नेदरल्यान्ड्स अमेरिकासँगै समूह ‘ई’मा परेको थियो । साविक विजेतालाई पछि पार्दै नेदरल्यान्ड्स समूह विजेता बनेको थियो । क्वार्टरफाइनल प्रवेशका क्रममा नेदरल्यान्ड्सले अफ्रिकी प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाविरुद्ध २–० को जित निकालेको थियो ।

japan1691579297.jpgजापान 
सन् १९९९, २००३ र २००७ गरी तीन संस्करणमा लगातार समूह चरणबाटै बाहिरिएको जापानले २०११ मा उपाधि जित्दै विश्वलाई चकित बनाएको थियो । त्यसो त जापानले १९९१ देखि नै विश्वकपका हरेक संस्करण खेल्दै आएको छ । जापान महिला विश्वकपको उपाधि जित्ने एक मात्र एसियाली मुलुक समेत हो । जापानले २०१५ को संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको थियो ।

योपटक जापान समूह ‘सी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । जापानले अन्तिम–१६ को खेलमा एकपटकको च्याम्पियन नर्वेको चुनौती ३–१ ले पन्छाएको थियो । जापानले जारी संस्करणमा १४ गोल गरिसकेको छ । एक गोल मात्र व्यहोरेको छ ।

sweden 11691579326.jpgस्वीडेन
महिला विश्वकपमा स्वीडेन पुरुष फुटबलमा नेदरल्यान्ड्सजस्तै ‘अभागी’ टिम हो । १९९१ देखि विश्वकपका सबै संस्करण खेलेको स्वीडेनले हालसम्म उपाधि चुम्न सकेको छैन । एकपटक उपविजेता र तीनपटक तेस्रो भएको थियो । स्वीडेन गत संस्करणमा पनि तेस्रो भएको थियो ।

स्वीडेन जारी संस्करणमा समूह ‘जी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । स्वीडेनले प्रि–क्वार्टरफाइनलमा साविक विजेता समेत रहेको अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ ले स्तब्ध बनाएको थियो । २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro