site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा चिनिया बैंकको सम्भावनाबारे महासंघका अध्यक्ष र राजदूतबीच छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ । भेटमा नेपालमा चिनिया बैंक आउन सक्ने सम्भावनातर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा महासंघ अध्यक्ष ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताए । नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको भन्दै अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षणसमेत गराएका छन् ।  

पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत वताए । साथै अध्यक्ष ढकालले चिनिया पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न आग्रह गरे ।

Global Ime bank

महासंघले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे । भेटका क्रममा राजदूत सोंगले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, उर्जालगायत क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको पनि जानकारी दिए ।

तर, नेपालले विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनु पर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो । चीनमा पनि सुरुमा विदेशी लगानीसँग नीति निर्माता सशंकित भए पनि पछि सुधार गर्दै गएको बताए ।

लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले वताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक वन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरे ।

यसैगरी तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारेमा छलफल भैरहेको जानकारी पनि राजदूत सोंगले दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement