site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरोक्कोविरुद्ध सहज जितसहित फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौं । मोरोक्कोविरुद्ध ४–० को सहज जित निकाल्दै फ्रान्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार अस्ट्रेलियाको एडलेडस्थित हिन्दमार्स रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन युजेनी ले समरले दुई गोल गर्दा केन्जा डाली र काडिडिएटोउ ड्यानीले समान एक गोल गरे ।

खेलको १५औँ मिनेटमा ड्यानीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । २०औँ डालीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाइन् । त्यसको तीन मिनेटपछि नै युजेनीको गोलमा फ्रान्सले अग्रतालाई ३–० मा पुर्‍याइन् ।

यस्तै, ७०औँ मिनेटमा युजेनीले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रतालाई ४–० को सहज अग्रतामा पुर्‍याएकी थिइन् । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा फ्रान्सले सहज जितसहित क्वार्टरफाइनलमा स्थान पक्का गर्‍‍यो ।

फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि आयोजक अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro