site stats
बाह्रखरी :: Baahrakhari
देश
खोलामा डुबेर किशोरको मृत्यु, श्रीमान–श्रीमती बेपत्ता

जनकपुरधाम । धनुषामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । मंगलबार मिथिला नगरपालिका १ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको हो ।

उनी बसही खोलामा नुहाउने क्रममा डुबेका थिए । उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाहालका अनुसार कमला खोलामा श्रीमान श्रीमती बेपता भएका छन् । गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनको श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएका हुन् ।

उनीहरुको खोजीकार्य भइरहेको छ । कमला खोलामा पानीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीयलाई सचेत गराएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्