site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
खानेपानीको मुख्य पाइप अड्याइएको पिल्लर भाँचिने खतरा (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको कालोपुलस्थित खानेपानी वितरणको मुख्य पाइप अड्याइएको पिल्लर जोखिममा परेको छ । धोबीखोलामाथिको पुलछेउको खानेपानीको पाइप अड्याइएको पिल्लर भाँचिने अवस्थामा पुगेको हो ।

उक्त पिल्लर भाँचिएको अवस्थामा पाइपलाइनमा समेत असर गर्न सक्छ । पाइपलाइन धेरै पुरानो रहेको र त्यसबाट काठमाडौंका विभिन्न स्थानमा पानी वितरण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।

सोमबार रातिदेखि अविरल वर्षासँगै खोलामा बाढी आउँदा पिल्लर भाँचिने अवस्थामा पुगेको हो । पिल्लरको वस्तुस्थितिबारे जानकारी लिने कार्य भइसकेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

पाइप अड्याउन खोलामा पानीको बहाव कम भएपछि अर्को संरचना बनाइने उनले जानकारी दिए ।

“हाम्रो टोली पुगेर हेरिसकेको छ । खोलामा पानी कम भएपछि अर्को संरचना बनाउँछौँ,” उनले बाह्रखरीसित भने, “अहिलेलाई पाइप अडिएको नै छ ।”

Global Ime bank

उनका अनुसार उक्त पाइपलाइनबाट महाँकालदेखि कालोपुल, नक्साल हुँदै केशरमहल क्षेत्रसम्म पानी वितरण गरिँदै आएको छ ।

थप तस्बिर हेर्नोस्–

p111691481961.jpg

p71691481960.jpg

p51691481958.jpg

p31691481956.jpg

p11691481954.jpg

p21691481954.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement