site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेनमार्कलाई हराउँदै अस्ट्रेलिया क्वार्टरफाइनलमा

काठमाडौं । डेनमार्कविरुद्ध २–० को जित निकाल्दै अस्ट्रेलिया फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार रंगशाला अस्ट्रेलियामा भएको खेलमा अस्ट्रेलियालाई जित दिलाउन काइटलिन फोर्ड र हेली रासोले समान एक गोल गरे ।

खेलको २९औँ मिनेटमा फोर्डले गरेको गोलबाट अस्ट्रेलियाले अग्रता बनाएको थियो । यस्तै, ७०औँ मिनेटमा रासोले गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई दोब्बर पारेका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा अस्ट्रेलियाले २–० को जित निश्चित गर्‍यो ।

जितसँगै अन्तिम–८ मा स्थान बनाएको अस्ट्रेलियाले अब सेमिफाइनलमा फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

अस्ट्रेलिया समूह ‘बी’को विजेता र डेनमार्क समूह ‘डी’को उपविजेताको रूपमा अन्तिम–१६ मा प्रवेश गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro