site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने 

काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरसहित बसेको तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।

सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको हो । 

Dabur Nepal
NIC Asia

सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सरकार सहमत भएको छैन ।

आज सहमति नजुटेपछि भोलि बिहान १० बजे फेरि बालुवाटारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकपछि समामुख घिमिरले भोलि सहमति जुट्ने विश्वास गरेको उनको सचिवालयले जनाकारी दिएको छ ।  

“सदनको अवरोध खुलाउन पहल गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । मैले पनि नेताहरू उपस्थित भएर छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद दिएँ । आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो,” सभामुखले बैठकपछि भनेका छन्, “तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन ।”

उनले सहमतिको विकल्प नभएको पनि बताएका छन् । संसद् अवरोध हुँदा जनताका आवाज रोकिएको उनको भनाइ छ । 

“सहमतिको विकल्प छैन । संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरूले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतम रूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु,” सभामुखको भनाइ छ, “म दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro