site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाइजेरियालाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा 

काठमाडौं । नाइजेरियालाई पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

सोमबार अस्ट्रेलियाको ब्रिसबेनस्थित सनक्रप रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा इंग्ल्यान्डले अफ्रिकी प्रतिद्वन्दी नाइजेरियाविरुद्ध ४–२ को जित निकाल्दै अन्तिम–८ मा स्थान पक्का गर्‍यो ।

पेनाल्टीमा इंग्ल्यान्डका बेथानी इंग्ल्यान्ड, राचेल ड्याली, एलेक्स ग्रिनवुड र कोल केलीले गोल गरे । इंग्ल्यान्डबाट पहिलो पेनाल्टी प्रहारका लागि आएकी जर्जिया स्टानवेको पेनाल्टी भने बाहिरिएको थियो । 

नाइजेरियाकी रसिदत अजिबाडे र क्रिस्टी उचेइबेले गोल गर्दा डिजायर ओपारानोजिया र मिचेल एलोजियाको प्रहार बाहिरिएको थियो ।

त्यसअघि खेलको ८७औँ मिनेटमा लौरेन जेम्स रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो ।

यूईएफए महिला युरोपियन च्याम्पियनसिप–२०२२ को विजेतासमेत रहेको इंग्ल्यान्ड समूह ‘डी’ को विजेता र नाइजेरिया समूह ‘बी’ को उपविजेताको रूपमा प्रि–क्वार्टरफाइनल प्रवेश गरेका थिए ।

इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र जमैकाबीचको विजेतासँग खेल्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro