site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘डिफेन्डिङ च्याम्पियन’ अमेरिकालाई सडन डेथमा हराउँदै स्विडेन क्वार्टरफाइनलमा

काठमाडौं । पछिल्लो दुई संस्करणको विजेता अमेरिकालाई सडन डेथमा स्तब्ध बनाउँदै स्विडेन फिफा महिला विश्वकपको अन्तिम–आठमा प्रवेश गरेको छ ।

आइतबार अस्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न रेक्टेङ्गुलर रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । सडन डेथमा स्विडेनले अमेरिकालाई ५–४ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

Swiden (3)1691324409.jpg

Dabur Nepal
NIC Asia

पेनाल्टीमा स्विडेनकी प्रिडोलिना रोल्फो, एलिन रुबेनसन हाना बेनिसन, माग्डालिना एरिकसन र लिना हर्टिगले गोल गरिन् । स्विडेनकी जी जोर्न र रेबेका ब्लोमक्विभिस्टले भने पेनाल्टी चुकाएका थिए । स्विडेनकी जोर्नको प्रहार आकासिदा ब्लोमक्विभिस्टको प्रहार अमेरिकाकी गोलकिपर एलिसा नाहेरले बचाएकी थिइन् ।

अमेरिकाकी एन्डी सुलिभान, लिन्ड्सी मोरान, क्रिस्टिइ भेविस र एलिसा नाहेरले पेनाल्टीमा गोल गरेका थिए । मेगन रापिनोए, सोफिया स्मिथ र के ओ हाराले भने पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

सडन डेथमा ४–४ को बराबरी अवस्थामा पेनाल्टी प्रहारका लागि आएकी हाराको प्रहार पोस्टमा लागेर फर्किएपछि स्विडेनले जितको मौका बनाएको थियो । त्यसपछि प्रहारका लागि आएकी लिना हर्टिगको प्रहार अमेरिकी गोलकिपर नाहेरले बचाउन खोजे पनि बलले गोललाइन पार गरेपछि स्विडेनले प्रतियोगिताकै सर्वाधिक सफल टिमविरुद्ध सनसनीपूर्ण जित निश्चित गर्यो ।

अमेरिकाले विश्वकपको आठ संस्करण समाप्त हुँदा चार संस्करणको उपाधि जितेको छ । अमेरिकाले सन् २०१५ र २०१९ गरी लगातार पछिल्लो दुई संस्करणको उपाधि जितेको थियो ।

स्विडेनले अब सेमिफाइनल प्रवेशका लागि सन् २०११ को विजेता जापानविरुद्ध खेल्नेछ । जापानले शनिबार भएको प्रि–क्वार्टरफाइनलमा नर्वेलाई ३–१ ले हराउँदै अन्तिम– आठको यात्रा तय गरेको थियो ।

Swiden (2)1691324409.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro