site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्मी सनराइज बैंकको मर्जरपछिको पहिलो वित्तीय विवरण : नाफा दुई अर्ब २६ करोड

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ४९.४५ प्रतिशतले वृद्धि भएको छ ।

गएको आर्थिक वर्षमा बैंकले दुई अर्ब २६ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइतबार सार्वजनिक वित्तीय विवरणानुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लक्ष्मी बैंक र सनराइज बैंक १ः१ सेयर स्वाप रेसियोमा एकापसमा मर्जरमा भएका हुन् । मर्जरपछि बैंकको यो पहिलो वित्तीय विवरण हो ।

बैंकले गएको वर्ष पाँच अर्ब ५० करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद फी तथा कमिसनबाट बैंकले ९९ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकलाई उक्त अवधिमा तीन अर्ब ४२ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दुई खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड दुई लाख ३८ हजार रुपैयाँ छ । बैंकले जगेडा कोषमा १४ अर्ब पाँच लाख रुपैयाँ सञ्चित गरेको छ ।

गएको आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ९३ करोड ७१ लाख रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा वृद्धि भए पनि लाभांश क्षमता घटेको छ । अघिल्लो वर्ष १०.४० प्रतिशत लाभांश क्षमता थियो । यो वर्ष बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत मात्र छ ।

बैंकको खराब कर्जा २.८१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.८९ प्रतिशत थियो ।

बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा छ । प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro