site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेतो पुतलीदेखि सावधान : यी हुन् शापू रोगका लक्षण, गुम्न सक्छ आँखाको दृष्टि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रायः वर्षायामपछि भदौदेखि मंसिर महिनासम्म विशेषगरी नेपालको मध्यपहाडी भेगमा शापू रोग महामारीका रूपमा देखिने गरेको छ । शापू एक दृष्टिनाशक रोग भएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

यो रोगका लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार नगरिए आँखाको दृष्टि गुम्न सक्छ । यो रोग सबै उमेर समूहका मानिसमा देखिन्छ । विशेषगरी बालबालिकामा बढी देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको सो केन्द्रले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समयमै उपचार गरिए यो रोग निको हुन्छ । उपचारमा ढिलाइ भए बिरामीको दृष्टि गुम्ने वा आँखा सुकेर जान सक्छ ।

शापू रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ)लाई शापूको कारक मानिएको छ । कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा पनि यो रोग देखापरेको छ । अरू जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको केन्द्रले जनाएको छ ।

Global Ime bank

शापू रोगका लक्षण
– एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
– उज्यालोमा हेर्न नसक्नु
– आँखा दुख्नु
– उपचारमा ढिलाइ भएमा कालो नानीमा सेतो देखिनु
– आँखाको दृष्टिमा तत्कालै कमी हुनु ।

शापूको रोकथाम कसरी गर्ने ?
– सेतो पुतलीको संसर्गबाट टाढै रहने
– धेरै उज्यालो सेतो बत्ती नबाल्ने
– साँझ र राति झ्यालढोका बन्द गर्ने
– सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने
– सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जानुपर्छ । आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्न सो केन्द्रले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय