site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।  

बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म १४२ ले उक्त प्रस्तावमा आधारित रहेर धारणा राखिसकेका छन् । शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका थिए । प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ ।

बैठकमा ३८७ पूर्ण र १९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu