site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खाजाघरको आडमा यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ
Sarbottam CementSarbottam Cement

पोखरा । प्रहरीले नाबालिग किशोरी र युवतीहरूलाई कामदारको रूपमा राख्ने र जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–८ सिर्जनचोकमा रोशन खाजाघर चलाउने ३७ वर्षीया पार्वती काराखेतीलाई  पक्राउ गरेको हो ।

उनलाई बिहीबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए । उनलाई पक्राउ गरेसँगगै प्रहरीले १८ वर्षीया एक किशोरीको उद्धार गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खाजाघरमा प्रहरीसँगै वडाका जनप्रतिनिधि र शुभअवसर ग्राम नामक संस्थाका पदाधिकारी पनि पुगेका थिए । पार्वती पक्राउ परे पनि उनकी छोरी भने फरार छन् ।

प्रहरीका अनुसार पार्वतीका आमाछोरीले खाजाघरमा कामदार राख्ने र यौन धन्दामा लगाउने गर्थे । बैदाम प्रहरीका अनुसार पक्राउ परेका पार्वतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement