site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनीसँगै ब्राजिल र चीन समूह चरणबाटै बाहिरिए, यी हुन् नकआउटमा प्रवेश गर्ने १६ टिम

काठमाडौं । दक्षिण कोरियासँग बराबरीमा रोकिँदै दुईपटकको च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएसँगै अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको प्रि–क्वार्टरफाइनल समीकरण समाप्त भएको छ । 

समूह ‘ए’ बाट स्विट्जरल्यान्ड र नर्वे, ‘बी’ बाट अस्ट्रेलिया र नाइजेरिया, ‘सी’ बाट जापान र स्पेन, ‘डी’ बाट इंग्ल्यान्ड र डेनमार्क, ‘ई’ बाट नेदरल्यान्ड्स र अमेरिका, ‘एफ’ बाट फ्रान्स र जमैका, ‘जी’ बाट स्विडेन र दक्षिण अफ्रिका र ‘एच’ बाट कोलम्बिया र मोरोक्कोले अन्तिम–१६ मा प्रवेश गरे । 

विश्वकपको यो संस्करणमा दुईपटकको च्याम्पियन जर्मनी र एकपटकको उपविजेता ब्राजिल र चीन समूह चरणबाटै बाहिरिनु अप्रत्यासित नतिजा बन्यो । नकआउट चरणका खेलहरू साउन २० गतेदेखि हुने छन् ।

नकआउट समीकरण

  • स्विट्जरल्यान्डविरुद्ध स्पेन
  • नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिका
  • जापानविरुद्ध नर्वे
  • स्वीडेनविरुद्ध अमेरिका
  • इंग्ल्यान्डविरुद्ध नाइजेरिया
  • जमैकाविरुद्ध कोलम्बिया
  • अस्ट्रेलियाविरुद्ध डेनमार्क
  • फ्रान्सविरुद्ध मोरोक्को 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro