site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
आँखा पाक्ने रोग : जथाभावी औषधि प्रयोग नगरौँ, गुम्न सक्छ दृष्टि (भिडियो वार्ता)
Ghorahi CementGhorahi Cement

काठमाडौं । केही सातायता देशका विभिन्न जिल्लामा आँखामा एकप्रकारको संक्रमण फैलँदै गएको छ । सबै उमेर समूहका व्यक्तिमा आँखा रातो हुने, बिझाउने, पोल्ने, चिलाउने, बढी चिप्रा आउनेजस्ता समस्या काठमाडौं उपत्यकामा समेत देखिन थालेको छ ।

भारतमा प्रकोपका रूपमा फैलिएको यो समस्यालाई आँखारोग विशेषज्ञले ‘भाइरल कन्जन्टिभाइटिस’ भनेका छन् । यसमा पनि एडिनो भाइरस भन्ने जीवाणुका कारण संक्रमण भएका बिरामीको संख्या बढिरहेको छ ।

Dabur nepal
Agni Group

काठमाडौंको कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा दैनिक पुग्ने बिरामीमध्ये ३० प्रतिशतमा यही संक्रमण देखिइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य बताउँछन् ।

एकै परिवारका तीनजनासम्म भाइरल कन्जन्टिभाइटिस भएर अस्पताल आइपुग्ने गरेको उनले बताए । उनका अनुसार संक्रमण भएको चारदेखि २१ दिनभित्र यसको लक्षण देखिन्छ । यो समस्याको समयमा उपचार नगरिए दृष्टिमा समेत असर गर्न सक्छ । जथाभावी औषधि र एन्टिबायोटिकको प्रयोग नगर्न विशेषज्ञको सुझाव छ ।

पछिल्लो समय फैलिइरहेको भाइरल कन्जन्टिभाइसिटस, यसबाट आँखालाई जोगाउने उपाय, उपचार र आँखा स्वास्थ्यका विषयमा कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर एवं क्याट्र्याक एन्ड अकुप्लास्टिक सर्जन डा. एरिक वैद्यसँग बाह्रखरीकर्मी अस्मिता रिजालले गरेको भिडियो कुराकानीको सम्पदित अंश हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu