site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मूल्यवृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन मन्त्री रिजालको निर्देशन
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्य पदार्थको मूल्यवृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा भएको मुलुकको आपूर्ति व्यवस्थाको समीक्षासहित सहज र नियमित बनाउनेसम्बन्धी छलफल कार्यक्रममा मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन् ।

आपूर्ति व्यवस्थामा आउनसक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने मन्त्री रिजालले स्पष्ट पारे। आपूर्तिसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरू सजग रही कुनै कमीकमजोरी हुन नदिन सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न निर्देशन दिए ।

मन्त्रालयको तर्फबाट अत्यावश्यक वस्तुहरूको आपूर्तिमा सबै प्रकारको सहजीकरण गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सबै सरकारी तथा निजी क्षेत्रले आपसी सहकार्यमा आपूर्ति व्यवस्था सहज र व्यवस्थित बनाउन लाग्नुपर्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro