site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रान्स र जमैका अन्तिम–१६ मा, ब्राजिल समूह चरणबाटै बाहिरियो

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा पानामाविरुद्ध ६–३ को जित निकाल्दै फ्रान्स समूह विजेताको रूपमा फिफा महिला विश्वकपको अन्तिम–१६ मा प्रवेश गरेको छ ।

बुधबार अस्ट्रेलियाको सिड्नीस्थित एलिएन्ज रंगशालामा भएको खेलमा फ्रान्सलाई जित दिलाउन काडिडिएटोउले डियानीले ह्याट्रिक गरिन् । माइले लाक्रार, लिए लि गारेस र भिकी बेचोले समान एक गोल गरे । पानामबाट मार्टा कोक्स, योमिरा पिन्जोन र लिनेथ सेडोनाले गोल फर्र्काएका थिए ।

Dabur Nepal
NIC Asia

जितसँगै तीन खेलबाट सात अंक जोडेको फ्रान्सले समूह ‘एफ’ को विजेताको रूपमा प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । समान खेल खेल्दा पनि अंकको खाता खोल्न नसकेको पानामा भने जितविहीन प्रतियोगिताबाट बाहिरियो ।

बुधबारै भएको समूह ‘एफ’ को अर्को खेलमा ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै जमैकाले समूह उपविजेताको रूपमा अन्तिम–१६ मा स्थान निश्चित गरेको छ ।

ब्राजिलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको जमैकाले समूहमा तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थान ओगट्यो । तीन खेलबाट चार अंक जोडेको ब्राजिल भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘एफ’ बाट विजेता र उपविजेता बनेका फ्रान्स र जमैकाले अब क्वार्टरफाइनल प्रवेशका लागि क्रमशः समूह ‘एच’ को उपविजेता र विजेताको सामना गर्नेछन् । तर, समूह ‘एच’ बाट नकआउट चरणमा प्रवेश गर्ने दुई टिमको टुंगो लाग्न बाँकी नै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro