site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा महिला विश्वकपमा स्वीडेन र दक्षिण अफ्रिका अन्तिम–१६ मा, अर्जेन्टिना जितविहीन
Dabur Nepal
NIC Asia

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाविरुद्ध २–० को जित निकाल्दै स्वीडेन फिफा महिला विश्वकपको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यो सँगै अर्जेन्टिनाले विश्वकपको यो संस्करण पनि जितविहीन टुंग्याएको छ ।

सन् २००२ को संस्करणदेखि विश्वकप खेल्दै आए पनि अर्जेन्टिनाले हालसम्म कुनै पनि संस्करणमा जित निकाल्न सकेको छैन ।

बुधबार स्वीडेनको जितमा रेबेका ब्लोमक्युभिस्ट र एलिन रुबेनसनले समान एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए पनि स्वीडेनले ६६औं मिनेटमा ब्लोमक्युभिस्टले गरेको गोलमा अग्रता बनाएको थियो ।

इन्जुरी समयमा रुबेनसनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा स्वीडेनले २–० को जितसहित समूह ‘जी’ को विजेताको रुपमा प्रि–क्वार्टरफाइनलको यात्रा तय गर्यो ।

समूह विजेता बनेको स्वीडेनले तीन खेलबाट नौ अंक जोड्यो । समान खेल खेले पनि पुछारमा रहेको अर्जेन्टिनाले भने एक अंकमात्र जोड्न सक्यो ।

21690968977.jpg

बुधबार भएको समूह ‘जी’ कै अर्को खेलमा इटालीविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले पनि अन्तिम–१६ को यात्रा निश्चित गर्यो ।

दक्षिण अफ्रिकाको जितमा हिल्दाह मगाइया र थेम्बी गात्लानाले समान एक गोल गरे । दक्षिण अफ्रिकाले एक गोल भने इटालीबाट आत्मघाति उपहार पाएको थियो । इटालीकी एरियाना कारुसोले दुई गोल गरे पनि टिमको हार टार्न सकिनन् । तीन खेलबाट तीन अंक जोडे पनि इटालीले अन्तिम–१६ मा स्थान बनाउन सकेन ।

जितसँगै चार अंकसहित समूह ‘जी’ को उपविजेता बनेको दक्षिण अफ्रिकाले भने अब क्वार्टरफाइनल प्रवेशका लागि साविक उपविजेता नेदरल्यान्ड्सको सामना गर्नेछ । यस्तै, समूह विजेता बनेको स्वीडेनले भने अन्तिम–८ मा प्रवेशका लागि साविक विजेता अमेरिकाविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro