-11690897440.jpg)
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको सेयर रजिष्ट्रार कम्पनीमा पुनः एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
यसअघि पनि सेयर रजिष्ट्ररको रूपमा काम गर्दै आएको क्यापिटल दोहोरिएको हो । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरेका हुन् ।
यो नवीकरणले सेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने आशा बैंकको छ ।
यी दुवै संस्थाहरूले विगतका थुप्रै वर्षहरूदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालासँग काम गरिरहेका छन् । यो नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा विश्वास देखाएको बैंकले जनाएको छ ।