site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भियतनामलाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, पोर्चुगलसँग रोकिँदा अमेरिका उपविजेता

काठमाडौं । एसियाली प्रतिद्वन्द्वी भियतनामविरुद्ध ७–० को सहज जित निकाल्दै साविक उपविजेता नेदरल्यान्ड्स समूह विजेताको रूपमा फिफा महिला विश्वकपको अन्तिम–१६ मा प्रवेश गरेको छ । 

मंगलबार न्युजिल्यान्डको फोर्सिथ बार रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सलाई सहज जित दिलाउन एस्मी ब्रुगट्स र जिल रुडले समान दुई गोल गरे । यस्तै, काट्जा स्नोएजस, लिएके मार्टेन्स र ड्यानिले भान डे डोन्कले एक–एक गोल गरे । जारी विश्वकपमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो ।

जितसँगै समूह ‘ई’ मा नेदरल्यान्ड्सले साविक विजेता अमेरिकालाई पछि पार्दै समूह विजेता बन्यो । नेदरल्यान्ड्सले तीन खेलबाट सात अंक जोड्यो । यस्तै, पहिलोपटक विश्वकपमा सहभागिता जनाएको भियतनाम प्रतियोगितामा जितविहीन बन्यो । भियतनामले समूह चरणका तीनवटै खेलमा हारको सामना गर्नुपर्‍यो ।

मंगलबार नै भएको अर्को खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिकाले पनि समूह ‘ई’को उपविजेताको रूपमा अन्तिम–१६ मा स्थान निश्चित गर्‍यो । अमेरिकासँग बराबरीमा रोकिएको पोर्चुगल भने तालिकाको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । पहिलोपटक विश्वकप खेलेको पोर्चुगलले तीन खेलबाट चार अंक जोड्यो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro