site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा सरकार गठनका लागि दाबी पेस गर्ने आज ‘अन्तिम’ दिन
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा मंगलबार सकिँदै छ ।

प्रदेश प्रमुख खापुङले आज (साउन १६) बेलुका ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

सर्वोच्च अदालतले मुख्यमन्त्री पदमा उद्धव थापाको नियुक्ति बदर गरेर नयाँ सरकार गठन गर्न परमादेश दिएसँगै खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

यही साउन ११ गते सर्वोच्चले भोलि (साउन १७) भित्र बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । त्यसपछि गएको शुक्रबार खापुङले आजसम्मको समयसीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro