site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छानबिन समितिले कहिले बुझाउँदै छ प्रतिवेदन ?
फाइल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुनका विषयमा छानबिन गर्न भन्सार विभागले गठन गरेको समितिको समय पाँच दिन थप भएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेल समक्ष पाँच दिनभित्र प्रतिवेदन बुझाउन  समयसीमा दिइएकोमा गत बुधबार पाँच दिनको समय थप गरिएको हो ।

विभागले अघिल्लो साताको बिहीबार अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समय थप गरेसँगै अब समितिले महानिर्देशकसमक्ष आगामी सोमबार प्रतिवेदन पेस गर्ने विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । 

अहिले समितिले सामान ल्याउने कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नतासम्बन्धमा छानबिन गरिरहेको खड्काले जानकारी दिए ।  

राजस्व अनुसन्धान विभागले भन्सार पास भएको सुन अघिल्लो साताको बुधबार बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । हालसम्म उक्त प्रकरणमा १७ जना पक्राउ परेका छन् ।

सुन भित्रँदा संलग्न भन्सारका कर्मचारीलाई पनि निलम्बन गरिएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ । अनुमानित १०० किलो सुन बरामद गरिएको छ । उक्त सुन नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा राखिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro