site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रोपटक युरोमनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) युरोमनी अवार्ड फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।

एनआईएमबीले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको योसहित तेस्रोपटक हो । यसअघि, दुईपटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो ।

वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण एनआईएमबीलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले जनाएको छ ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआईएमबीलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro