site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको आइतबार दिन नेप्से ६३ अंकले बढेको थियो ।

आज नेप्से परिसूचक १.६४ प्रतिशतले घटेर २१६४.३१ विन्दुमा बन्द भएको छ । सोमबार पनि नेप्से साढे २६ अंकले घटेको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६७ धितोपत्रको दुई अर्ब ९१ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य सोमबार पनि १० प्रतिशतले नै वृद्धि भएको थियो । आज यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५८ रुपैयाँ ३० पैसा कायम भएको छ ।

आज सर्वाधिक रकमको सेयर कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको सेयर मूल्य आज ७.७४ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूच १.२२ प्रतिशतले वृद्धि भएको छ ।  

सर्वाधिक परिसूचक घट्नेमा वाणिज्य बैंक समूह रहेको छ । यस समूहको परिसूचक २.७५ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro