site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई विद्यालयको अनुमति रद्द

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई कारबाही गरेको छ ।उपमहानगर कार्यालयले जनाएअनुसार दुई विद्यालयको अनुमति रद्द गरिएको हो ।

विवरण नबुझाउने इटहरी– १० स्थित इटहरी नमुना स्कुल र वडा नम्बर  ६ को इटहरी चिल्ड्रेन स्कुलको अनुमति रद्द भएको छ ।

विवरण बुझाउन उपमहानगर कार्यालयले पत्राचार र ताकेता समेत गरेको थियो । तर, जवाफ पठाउन अटेर गरेपछि अनुमति रद्द गरिएको उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताए ।

उनले भने, “नियमअनुसार छात्रवृत्ति विवरण पठाउन र सोको व्यवस्था गर्न भनेका थियौँ अटेर गरेपछि अनुमति रद्द गरिएको हो ।”

उपमहानगरको २०८० असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकले छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको थियो । विवरण नबुझाउने विद्यालयलाई सुरुमा एक लाख रुपैयाँ जरिबाना तोकिएकोमा सो समेत नबुझाएपछि अनुमति रद्द गरिएको उपमहानगरको शिक्षा समितिले जनाएको छ ।

इटहरी नमुनाले कक्षा ६ र चिल्ड्रेनले कक्षा १० सम्मको अनुमति लिएका थिए ।

विद्यालयले ५०० जनासम्म विद्यार्थी भए १० प्रतिशतलाई,  ५०० देखि ८०० जनासम्म विद्यार्थी भए १२ प्रतिशत र ८०० भन्दामाथि भए १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro