site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चा कांग्रेसकै सहमतिमा बनेको हो : पूर्णबहादुर खड्का

काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समाजवादी मोर्चा कांग्रेसकै सहमतिमा गठन भएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुस १० गते राति गठबन्धन पुर्नस्थापित गर्दै तीन दलीय मोर्चा बनाउने सहमति भएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पुस १० गतेको सम्झौताअनुसार बनेको हो, कांग्रेसको सहमतिमै बनेको हो । पुस १० मा भत्किएको गठबन्धन पुर्नस्थापना गर्ने बालुवाटारमा चार दलका नेताको बीचमा गठबन्धन पुर्नस्थापना बारेमा जे खाले सहमति भयो, त्यसैको सन्दर्भमा उनीहरूको मोर्चा बनेको हो । सोही विश्वासको वातावरण बन्छ र अविश्वास घट्छ भनेर त्यही राति तनि दलको बीचमा समाजवादी मोर्चा बनाउने सहमति भएको हो,” उनले भने ।

खड्काले पुष्पकमल दाहाल 'प्रचण्ड'ले भनेजस्तै कांग्रेसलाई थाहा भएर मोर्चा बनेको बताए ।

“पुष्पकमल दाहाल 'प्रचण्ड'ले एउटा अन्तर्वार्तामा कांग्रेसको सहमतिमा मोर्चा बनायौं भन्नुभएको छ । कांग्रेसले यसै रूपमा बुझ्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्