site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पेट्रोल, डिजेल र एलपी ग्यासको खपत घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास खपत कम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास आयातमा ८.६५ प्रतिशतले कमी भएको हो ।

गत आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्म दुई खर्ब ७८ अर्ब ७६ करोड ८९ हजार रुपैयाँको पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास आयात भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागका अनुसार गत वर्ष पेट्रोल र डिजेल २० लाख ८९ हजार ३०० किलोलिटर आयात भएको छ भने ५१ करोड ४३ लाख ४० हजार ७६८ किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

अघिल्लो वर्ष तीन खर्ब पाँच अर्ब १७ करोड २५ लाख रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात भएको थियो । जसमा २४ लाख ९३ हजार ४६८ किलोलिटर पेट्रोल र डिजेल आयात भएको थियो । एलपी ग्यास भने ५३ करोड ५८ लाख ६५ हजार ४१५ किलोग्राम आयात भएको थियो ।

Global Ime bank

गत वर्ष कुल परिणामसँगै रुपैयाँ पनि घटेको छ । यसले नेपालमा पेट्रोल, डिजेल र एलपी ग्यास खपत कम भएको देखाउँछन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय