विदेश
मेक्सिको सिटी । उत्तरी मेक्सिकोमा मदिराले मातेका एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।
उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनामा सात पुरुष र चार महिलाले ज्यान गुमाएका हुन् ।
मदिराले मातेका एक अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा त्यहाँ आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
मदोन्मत्त ती व्यक्तिले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उनलाई त्यहाँबाट निकालिएको थियो । रासस/सिन्ह्वा
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १२:४१
प्रतिक्रिया दिनुहोस्