site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको पासपोर्ट अन्तिमबाट छैटौँ स्थानमा, एक नम्बरमा सिंगापुर

काठमाडौं । विश्वका विभिन्न देशको पासपोर्टको र्‍याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ ।

हेन्ले एन्ड पार्टनर्सको पासपोर्ट सूचकांक इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को १८ वर्षको तथ्याङ्कमा आधारित छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसले विश्वका १९९ पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्रि भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गर्छ । यसले २२७ विभिन्न देश तथा स्थानको भ्रमण सूची सूचकांक तयार पार्न प्रयोग गरेको छ ।

सोअनुसार नेपाल अन्तिमबाट छैटौँ स्थानमा रहेको छ । समग्रमा १०३ मध्ये ९८औँ स्थानमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ । नेपालकै जत्तिको बलियो पासपोर्ट प्यालेस्टाइन क्षेत्रको समेत रहेको छ ।

सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ । जसले २७ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।

एक नम्बरमा रहेको सिंगापुरको पासपोर्टले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । १९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको पासपोर्ट दोस्रो स्थानमा छन् ।

दक्षिण कोरिया र जापानको १८९ देशमा पहुँच पाउने पासपोर्ट तेस्रो स्थानमा छ । अमेरिकाको पासपोर्ट आठौँ स्थानमा रहेको छ भने यसले १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।

८० देश तथा क्षेत्रमा प्रवेश गर्न सकिने चीनको पासपोर्ट ६३औँ स्थानमा रहेको छ । ८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ५७ ठाउँमा प्रवेश गर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro