site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाले बैठकमा भने– सबैले बोल्न पाउनुहुन्छ भन्या !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा सबैले बोल्न पाउने बताएका छन् ।

सानेपामा जारी बैठकमा महामन्त्री गगन थापाको प्रस्तुति सकिएपछि नेता अर्जुननरसिंह केसीलगायतका नेताले बोल्नका लागि हात उठाएका थिए ।

Argakhachi Cement Island Ad

उनले बस्न आग्रह गर्दै बैठक लम्बिए पनि सबैले बोल्न पाउने बताए ।

“सबैले पाउनुहुन्छ । पाउनुहुन्छ भन्या । बरु दुई दिन लाग्ला, पाँच दिन लाग्ला, सबैले बोल्छ भन्या !,” उनले बैठकमा भने ।

त्यसपछि उनले नेता गोपालमान श्रेष्ठलाई प्रतिवेदन प्रस्तुत गर्न समय दिए । श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै गर्दा ‘साइड टक’ भएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्