site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा किन केन्द्रीय समिति बैठक लाइभ गराउन चाहन्छन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने तयारी गरेको छ । सोमबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभपाति शेरबहादुर देउवाले नै बैठक लाइभ गर्ने प्रस्ताव राखेका हुन् । उनको प्रस्तावलाई लिएर विभिन्न कोणबाट चर्चा हुन थालिकेको छ । 

पार्टीलाई विधानसम्मत चलाउन नसकेको, संगठनलाई सुस्त बनाएको आरोप खेपिरहेका देउवाले 'किन केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव राखे ?' भन्ने प्रश्न स्वाभाविक बनेको छ । 

देउवा निकट सहमहामन्त्री महेन्द्र यादवको भनाइमा विगतका बैठकमा भएका सबै विषय नकारात्मक अर्थ लाग्ने गरी बाहिर आए । जसलाई रोक्न सभापतिले लाइभ प्रस्ताव गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“सभापतिले हामीले लाइभ नगर्दा पनि सबै कुरा बाहिर आइहाल्छ । केन्द्रीय सदस्यहरूले बैठकमा नराखेका र नभनेका कुराहरू पनि बाहिर गएर मिडियामा थप भनेको हुन्छ,” यादवले बाह्रखरीसँग भने, “त्यसैले लाइभ गर्दा कसले के बोल्यो पार्टीका साथीहरू र कार्यकर्ताले थाहा पाउँछन् । अहिलेको प्रविधियुग पनि हो, कांग्रेस नयाँ हिसाबले जानुपर्‍यो भनेर उहाँले प्रस्ताव राख्नुभएको हो ।”

यादवका अनुसार देउवा आफैँले बैठकलाई लाइभ गर्ने प्रस्ताव ल्याएका हुन् । आज देउवाले भोलिको बैठक लाइभ गरेर हेर्ने र प्रभावकारी भए अन्य बैठक लाइभ गर्ने जाने बताएका छन् । 

Global Ime bank

“बाहिर गलत सूचना जानुभन्दा जे यर्थाथ हो, त्यो दिनुपर्छ भन्ने उहाँको कुरा हो । किनभने अहिले जमाना नै मिडियाको आयो,” यादव थप्छन् । 

पार्टीका अर्का एक पदाधिकारीका अनुसार आजको बैठकमा देउवाको प्रस्तावलाई महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले समर्थन जनाएका थिए ।

“सुरुमा कुरा आयो । हामीले सामान्य कुरा होला यतिकै भन्नुभयो होला भन्ने लागेको थियो । तर, हरेक कुरा मिडियामा छताछुल्ल आउँछ भनेपछि लाइभ किन नगर्ने भन्ने सभापतिले तर्क राख्नुभयो,” ती पदाधिकारीले भने, “त्यसमा विश्वप्रकाश शर्मा, भीष्मराज आङ्देम्बेले पनि साथ दिनुभयो । हामी त छक्क पर्‍यौँ ।”

ती पदाधिकारीको भनाइमा देउवाको प्रस्तावमा महामन्त्री गगनकुमार थापा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, बद्री पाण्डेले भने विपक्षमा मत राखेका छन् । पक्ष–विप‍पक्षमा बहस हुन थालेपछि आजको बैठक निष्कर्षमा पुग्न सकेन ।

“पार्टीको माथिल्लो तहको बैठक हो, केन्द्रीय समिति । यहाँ आन्तरिक रणनीति, कार्यसमिति भन्दा बाहिर भन्न नहुने कुरा पनि हुन्छन् । भविष्यसम्मको रणनीति बनाउने थलो हो । यो संसद् हैन त्यसकारण लाइभ गराउनु हुँदैन भनेर हामीले कुरा राख्यौँ,” ती पदाधिकारीले भने । 

देउवाको प्रस्तावमा असहमति राख्नेहरू यसलाई देउवाको विरोधबाट बच्ने 'अर्को चाल'का रूपमा अर्थ्याउँछन् । पार्टीको माथिल्लो तहमा हुने छलफलमा देउवाले चलाखी अपनाएर आफूलाई बचाउन बैठक लाइभ गर्ने प्रस्ताव ल्याएको उनीहरूको बुझाइ छ । उसको देउवा निकट नेताहरूले पनि उनको प्रस्तावमा सहमति जनाएनन् ।

“सभापतिले प्रतिकात्मक रूपमा भनेर सतर्क भएर बोल्नु र मिडियामा कुरा नल्याउनु भन्न खोजेको हुनुपर्छ । उहाँले चाहेरै यो गरेको भन्ने हामीलाई लाग्दैन,” अर्का एक पदाधिकारीले भने, “लाइभ भए बैठकमा औपचारिकता मात्र देखिन्छ । अनौपचारिक विषयमा हुनुपर्ने छलफल र रणनीतिक कुरा हुन सक्छ । फरक पार्टी र सत्ता गठबन्धनको विषयमा पनि बोल्न सकिन्छ । त्यसकारण केन्द्रीय समिति बैठक लाइभ गर्न हुँदैन ।”

ती पदाधिकारीका अनुसार देउवाको प्रस्तावबारे कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पनि 'क्रान्तिकारी' देखाएर पार्टीलाई कमजोर बनाउन नसकिने बताएका थिए ।

“यो गर्दा पार्टीलाई फाइदा पुग्दैन । पार्टीलाई राम्रो गर्दैन । भविष्य पनि हेर्नुपर्छ यत्तिकै क्रान्तिकारीता देखाएर हुँदैन । यसले पार्टीको चुरो कुरो गर्न मर्छ भन्ने उहाँहरूको कुरा थियो,” सिटौला र सिंहको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने । 

देउवाले भोलिको बैठक लाइभ गर्ने र सम्भव हुन नसके बन्द गर्ने प्रस्ताव राखेका छन् । तर, उनको प्रस्तावमा असहमति राख्नेहरूले बैठक लाइभ गर्दा वक्ताहरूले औपचारिक भएर मात्र बोल्ने भएकाले विरोधको स्वरहरू मथ्थर हुने तर्क गरिरहेका छन् । 

सहमहामन्त्री भीष्मराज आङदेम्बे महामन्त्रीले पार्टीलाई प्रविधिसँग जोड्नुपर्ने प्रस्ताव राखेपछि देउवाले लाइभको प्रस्ताव राखेको बताउँछन् । 

“पार्टीभित्रको गतिविधि सबैको पहुँचमा पुग्यो भने राम्रै गर्छ भन्ने कोणबाट आएको हो । सभापतिजीले अहिले प्रविधिको उपयोग गरौँ र लोकतान्त्रिक पार्टी भएकाले सबै हाम्रा कुराहरू सुन्ने बनाउ विश्वमा यो अभ्यास छ भन्नुभएको छ,” आङ्देम्बेले बाह्रखरीसँग भने, “यसले थप जिम्मेवारी बढाउँछ । साथीहरूलाई जिम्मेवारी थप्छ भन्ने उहाँको कुरा हो ।”

देउवा अहिले भ्रातृ संस्था गठन नगरेको, विधानसम्मत पार्टी नचलाएको, विभाग गठन नगरेको, गठबन्धन गरेर पार्टी संगठन कमजोर बनाएको आरोप खेपिरहेका छन् । उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई पार्टीभित्र संरक्षण गरेको आरोप लागिरहेको छ । यीसहित विभिन्न विषयहरू छल्न देउवाले लाइभको प्रस्ताव ल्याएको अर्का एक पदाधिकारीको तर्क छ ।

आजको बैठकमा पनि देउवाले केन्द्रीय समितिमा खाँणबारे छुट्टै छलफल नहुने र औपचारिक एजेन्डा नबनाउन निर्देशन दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC