site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच मतभेद बढेको छ ।  गत बिहीबार मन्त्री मोदीले संघीय मामिला सचिव पुष्करको हाजिरमा रातो मसीले घेरा लगाएपछि मतभेद छताछुल्ल भएको हो । 

मन्त्रीको व्यवहारप्रति मन्त्रालयका अधिकांश कर्मचारी अहिले रुष्ट बनेका छन् । “मन्त्रीको कामप्रति हाम्रो आपत्ति छ,” एक कर्मचारीले भने, “हामी यस विषयमा गम्भीर छलफलकै क्रममा छौँ ।”

संघीय मामिला मन्त्रालय स्रोतका अनुसार गत बिहीबार सचिव पुष्कर बिहान सवा ८ बजेतिर मन्त्रालय पुगेका थिए । उक्त दिन बिहान ९ बजे मन्त्रालयको आन्तरिक बैठक भएकाले उनी छिटो मन्त्रालय पुगेका थिए । उनले मन्त्रालय पुग्नेबित्तिकै हाजिर गरेका थिए । 

Dabur Nepal
NIC Asia

बैठक सकिएपछि बिहीबार उनी करिब १ बजेसम्म मन्त्री मोदीसँगै थिए । 

उक्त दिन मन्त्री मोदीले राष्ट्रिय सभामा बोल्ने पालो थियो । राष्ट्रिय सभाको बैठकमा बोल्ने कागजात तयार पारेपछि सचिव पुष्कर प्रधनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको बैठकमा सहभागी हुन त्यसतर्फ गएका थिए । 

“सचिवज्यू राष्ट्रियसभामा जानुनपर्ने भएकाले आवश्यक कागजात बनाई मन्त्रीज्यूलाई दिएर मुख्यसचिवकहाँ जान अनुमति माग्नु भएको थियो । मन्त्रीज्यूले अनुमति दिएपछि उहाँ मुख्य सचिवकहाँ जानुभएको थियो,” मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

तर मन्त्री मोदी निकट स्रोतले भने मन्त्रीलाई जानकारी नै नदिई गएको आरोप लगाएको छ । उक्त दिन मुख्यसचिव बैकुण्ठ अर्यालले दुई–तीन वटा बैठक राखेका थिए ।  गिट्टी ढुंगा र क्रसर उद्योग दर्ता सम्बन्धी विषयमा छलफल गर्न बैठक राखिएको थियो । 

बैठकमा मुख्यसचिव, संघीय मामिला सचिव, उद्योग सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवलगायत सहभागी थिए ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिवको कार्यकक्षमै बैठक बसेको थियो ।

बैठक चलिरहेकै बेला मन्त्री मोदीले मुख्य सचिवलाई फोन गरेर सचिव पुष्कर बैठकमा भए–नभएको बारे बुझेका थिए ।  मुख्यसचिवले बैठकमा सचिव पुष्कर रहेको जानकारी दिएपछि मन्त्री मोदीले फोन राखेका थिए । 

त्यसपछि मन्त्री मोदीले सचिव पुष्करको हाजिरमाथि रातो घेरा लगाएर हिँडेका थिए ।  मन्त्री मोदीले मन्त्रालयका अन्य कर्मचारीलाई छड्के गरेर रातो लगाएको बताएका थिए ।  “हाजिरमा रातो घेरा लगाएको सूचना हामीले बिहीबार साँझ मात्र सचिव पुष्करज्यूलाई दिएको थियौं,” मन्त्रालय स्रोतले भन्यो, “यो सूचना पाएपछि सचिवज्यूले आश्चर्य प्रकट गर्नुभएको थियो ।”

काममै रहेका बेला मन्त्रीले सचिवको हाजिरमा रातो घेरा लगाएर कर्मचारीको मनोबल गिराउने काम गरेको मन्त्रालय स्रोतले बतायो ।  बिहीबार उक्त घटना भएपछि मन्त्री र सचिवबीच धेरै पटक भेट भएको तर हाजिरको कुरालाई लिएर कुनै छलफल नभएको दाबी स्रोतको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro