site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरी उपमहानगरले नागरिकको घर बनाउन नक्सा बनाइदिने

इटहरी । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने कार्य आजदेखि सुरु गरेको छ ।

भवन निर्माण आचारसंहिताअनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन आजैदेखि औपचारिक रुपमा सुरु गरेको हो ।

इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेको बताए ।

“नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ,” मेयर पौडेलले भने, “आज साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।”

भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको उनले बताए ।

“प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो प¥यो भन्ने गुनासो आएको छ,” उनले भने, “ अब हामी आफै जनताले चाहेअनुसारको नक्सा बनाइदिन्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro