site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेटको संशोधित लक्ष्य पूरा भएन, एक खर्ब ६३ अर्ब कम राजस्व र आन्तरिक ऋण प्राप्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ सुरु भएको छ । गएको आर्थिक वर्ष २०७९/०८० लाई बिदा गर्दै आजदेखि नयाँ बजेट र कार्यक्रम लागु भएको छ ।

सरकारले गएको आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । तर, वर्षको मध्यतिर लक्ष्य पूरा नहुने देखेपछि सरकारले उक्त बजेट संशोधन गरेको थियो । बजेट संशोधन गरेर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । तर, आर्थिक वर्षको अन्तिम दिनसम्म उक्त लक्ष्य पूरा भएन ।

पुँजीगत खर्च, राजस्व संकलन र वैदेशिक सहायता पनि संशोधित लक्ष्यानुसार प्राप्त भएन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार मसान्तसम्म १४ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ बजेट खर्च भएको छ । यो संशोधित लक्ष्यभन्दा एक खर्ब २० अर्ब ४३ करोड रुपैयाँ कम खर्च हो । त्यसमध्ये चालुतर्फ १० खर्ब पाँच अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ दुई खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको छ । यो संशोधित लक्ष्यभन्दा ८० अर्ब १६ करोड रुपैयाँ कम हो ।

Prabhu Bank
Agni Group
NIC Asia

वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ९० अर्ब १० करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसमा संशोधित लक्ष्यभन्दा २४ अर्ब ११ करोड रुपैयाँ कम खर्च भएको हो ।

राजस्वको संशोधित लक्ष्य नै पूरा भएन
सरकारले गएको आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ४१ अर्ब रुपैयाँ संकलन हुने संशोधित अनुमान गरेको थियो । तर, गएको जेठ मसान्तसम्म सरकारले आन्तरिक ऋणमार्फत दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ उठाएको छ ।

Global Ime bank

यस्तै, असार मसान्तसम्म नौ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजस्वबापत प्राप्त भएको छ । सरकारले आन्तरिक ऋण र राजस्व संकलनमार्फत प्राप्त गर्ने भनेर राखेको संशोधित लक्ष्य पनि प्राप्त गर्न सकेन ।

गएको आर्थिक वर्षको अन्त्यसम्म आन्तरिक ऋण र राजस्वमार्फत सरकारले ११ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ संकलन गरेको छ । सरकारले आन्तरिक ऋण र राजस्व संकलनमार्फत १३ खर्ब ४१ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । त्यसको एक खर्ब ६३ अर्ब कम प्राप्त भएको छ ।

गएको आर्थिक वर्षमा सरकारले करबापत आठ खर्ब ६५ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको छ । गैरकरबापत ९१ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेको छ ।

यसैगरी, वैदेशिक सहायतामार्फत २१ अर्ब २९ करोड रुपैयाँ प्राप्त भएको छ । गएको आर्थिक वर्षको अन्त्यसम्म २८ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त हुने सरकारको संशोधित अनुमान थियो । सुरुमा वैदेशिक सहायता ५५ अर्ब ४५ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको थियो ।

वैदेशिक ऋण भने संशोधित अनुमानभन्दा बढी प्राप्त भएको छ । गएको आर्थिक वर्षमा एक खर्ब ७० अर्ब रुपैयाँ ऋण प्राप्त गर्ने लक्ष्य राखिएको थियो । एक खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक ऋण प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

संशोधित अनुमानभन्दा पाँच अर्ब २१ करोड रुपैयाँ बढी वैदेशिक ऋण प्राप्त भएको हो । तर, सरकारले सुरुमा दुई खर्ब ४२ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय