site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हवाई भाडा भोलिदेखि बढ्ने

काठमाडौं । वायुसेवा कम्पनीहरूले साउन १ गते (भोलि) बाट लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् । 

सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी भोलिबाट आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएको हो ।

Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ । तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ ।

हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने जानकारी दिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro