site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा अस्पतालको लापरबाहीले बालकको मृत्यु भएको भन्दै प्रदर्शन

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा अस्पतालको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन् ।  

घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिहीबारदेखि सुरु भएको नाराबाजीसहितको प्रदर्शन शुक्रबार पनि भएको हो । 

विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रबार पनि बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो । 

बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग पीडित पक्षले गर्दै आएको छ । पीडित पक्ष र अस्पताल प्रशासनबीच बिहीबार वार्ता भएपनि सहमति हुन सकेको थिएन ।

शुक्रबार बिहान ८ बजेदेखि पुनः वार्ता गर्ने सहमति भएपनि पीडित पक्षको माग सम्बोधन नहुने देखेपछि उनीहरूले बिहानैदेखि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro