राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्को दुवै सदनबाट पारित भएका आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।
संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन् ।
संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० १७:४६
प्रतिक्रिया दिनुहोस्