site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरणमा मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउन सांसदहरूको माग

काठमाडौं । सांसदहरूले ललितानिवास प्रकरणमा मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनीहरूले ललितानिवास प्रकरणमा जग्गा बिक्रि गर्ने मुख्य व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उक्त प्रकरणमा व्यापारी र साना कर्मचारीलाई मात्रै पक्राउ गरिएकाले मुख्य योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले किन्नेलाई मात्रै नभई जग्गा बिक्री गर्ने मुलहरूमाथि नै कारबाही हुनुपर्ने उल्लेख गरे । 

त्यस्तै सांसद अमरेशकुमार सिंहले ललितानिवास प्रकरणमा टिप्पणी उठाउने शाखा अधिकृत जेल जाने तर निर्णय गर्ने व्यक्ति भने खुल्ला रूपमा हिड्ने देखिएको बताए । उनले ललितानिवास प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे ।

उनले दलहरू बसेर भ्रष्टाचार गर्ने तर कर्मचारीहरूलाई फसाउने कामले मुलुकमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने जिकिर गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro