site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठगी गर्ने सहकारीलार्ई कारबाही गर्छौँ : मन्त्री श्रेष्ठ  
फाइल तस्बिर ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीहरूलार्ई कानुनानुसार कारबाही गरिने बताएकी छन् । राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा बिहीबार उनले यस्तो बताएकी हुन् ।

उनले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ गरिब परिचयपत्र वितरण कार्य सकिएको जानकारी गराइन् ।

१५ जिल्लामा गुनासो सुनुवाइको कार्य जारी रहेको र १३ जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको उनले बताइन् ।

“सहकारी ठगी गर्नेलाई प्रचलित कानुनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ । मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको छ,” उनले भनिन्, “आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने व्यहोरा जानकारी गराउन चाहन्छु ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro