काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डले शिष्टाचार भेट गरेका छन् ।
बुधबार मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएको दुईपक्षीय सहयोग र सम्झौताका विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास अपेक्षा रहेको बताए । सो क्रममा कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको बताए ।
त्यस्तै, उनले नेपालको स्वास्थ्य क्षेत्र सुद्धृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।