काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ले विरोध प्रदर्शन गरेको छ ।
‘इनफ इज इनफ’ले बालेनविरुद्ध ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ ।
जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरूमाथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताइ । उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरूमाथि महानगरले फोहोरको जस्तो गरी दुर्व्यवहार गरेको बताए ।
उनले संविधानले बाँच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हनन गरेको आरोप मेयर शाहलाई लगाए ।
उनले मेयर तथा महानगरविरुद्ध यस विषयमा संगठित भएर बोल्न नसकेको बताए । उनले महानगर पालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताए ।