site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीपत्नीको निधनपछि समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडौं । समाजवादी मोर्चाको बैठक रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनपछि बैठक रोकिएको हो । 

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले मोर्चाको बैठक रोकिएको पुष्टि गरे । समसामयिक राजनीतिक विषयमा छलफल गर्न एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज दिउँसो ४ बजे बैठक बस्ने तय भएको थियो । 

Dabur Nepal
NIC Asia

बैठक मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारीका विषयमा छलफल हुने बताइएको थियो । साउन पहिलो सातादेखि सातवटै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro