site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, नदी तटीय क्षेत्रमा बस्नेले सतर्क रहनुपर्ने 
फाइल तस्बिर

काठमाडौं । देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज मध्यमदेखि केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी तथा मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी तथा मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

झापाको केचना र आसपासका क्षेत्रमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ । उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

यसैबीच, काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मध्याह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । “काठमाडौंमा आज मध्याह्नपछि वर्षाको सम्भावना रहेको छ,” उनले भनिन्, “काठमाडौंमा भने भारी वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षा हुनेछ ।”

पानी परे पनि किन हुन्छ गर्मी ?

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रसँगै दैनिक जनजीवन समेत प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ । हावाहुरी भारी र अति भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro