site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापा र दैलेखमा बलात्कार आरोपमा दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापा र दैलेखमा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।

झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौरदह नगरपालिका–९, झमकचौक बस्ने १९ वर्षीय बिबेक अधिकारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Dabur Nepal
NIC Asia

अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, दैलेखमा ६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुरास गाउँपालिका–५, कुटिभैरी बस्ने २५ वर्षीय तेजबहादुर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी माथिल्लो डुङगेश्वलरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro